arrow

अमेरिकाको भर्जिनियामा गोलीकाण्ड, १० बढीकाे मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ७ बुधबार
us-gun-shoot-death.jpg

काठमाडौं । अमेरिकाको भर्जिनियास्थित चेसापीकमा रहेको वालमार्टमा मंगलबार राति गोलीबारी हुँदा दश जना भन्दा बढीको मृत्यु भएको त्यहाँका स्थानीय अधिकारीहरुले बताएका छन् । 

गोलीबारी गर्नेको समेत मृत्यु भएको र अन्य थुप्रै व्यक्तिहरु घाइते भएको चेसापीक शहरले सामाजिक सञ्जाल ट्विटरबाट जानकारी दिएको छ ।प्रहरी विभागका प्रवक्ता लियो कोसिन्स्कीले एक संक्षिप्त पत्रकार सम्मेलनमा प्रहरीले राति १० बजे गोली चलेको खबर पाएको बताएका छन् ।

कति जनाको मृत्यु भएको थियो भन्ने स्पष्ट नभए पनि कोसिन्स्कीले १० जनाभन्दा बढी मारिएको बताएका छन् । 

प्रहरीले भने कुनै गोली नचलाएको उनको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ