- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका प्रिय महेश बस्नेतलाई हराएर निर्वाचित भएका कांग्रेस दुर्लभ थापाले विजय र्याली निकालेका छन् ।
गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणामअनुसार थापा २४ हजार २३८ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बस्नेतले २३ हजार २७९ मत ल्याउँदा नेमकिपाकी अनुराधा थापामगरले ६ हजार ९५४ मतसहित पराजित भए ।
बस्नेतलाई हराएका थापाले आफ्नो क्षेत्रमा कार्यकर्ता, समर्थकसहितको विजयी र्याली निकालेका हुन् । उनलाई सत्तारुढ गठबन्धनको समर्थन थियो ।