arrow

दोस्रो उपाधिका लागि दोस्रो पटक विश्वकपको फाइनलमा स्पेन [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
world-cup-semifinal-spain-france (21).jpg
तस्बिर : एपी ।

काठमाडौँ । फ्रान्सलाई पराजित गर्दै स्पेन विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको टेक्सासस्थित डालास स्टेडियममा भएको पहिलो सेमिफाइनल खेलमा स्पेनले फ्रान्सलाई २–० गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

स्पेनको जितमा मिकेल ओयारजाबाल र पेड्रो पोरोले गोल गरे ।  खेलको पहिलो गोल मिकेल ओयार्जाबालले गरेका थिए । उनले खेलको २२औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् । 

फ्रान्सका लुकास डिग्नेले लामिन यमालविरुद्ध ‘फाउल’ गरेपछि स्पेनले ‘पेनाल्टी’ पाएको थियो । त्यसपछि खेलको ५८औँ मिनेटमा पेड्रो पोरोले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।  बाँकी समयमा दुवै टोलीबाट गोल हुन सकेन र स्पेनले फ्रान्समाथि २–० को जित हासिल गर्दै फाइनल यात्रा तय गरेको हो । 

सन् २०१० को च्याम्पियन स्पेन दोस्रो उपाधिका लागि दोस्रो पटक फाइनलमा पुगेको हो । १७ औँ पटक विश्वकप खेलिरहेको स्पेन सन् १९७८ देखि निरन्तर विश्वकपमा सहभागी भएको छ । 

सन् २०३० को विश्वकपका लागि स्पेन सहआयोजकका नाताले छनोट भइसकेको छ । 

world-cup-semifinal-spain-france (1).jpg
world-cup-semifinal-spain-france (2).jpg
world-cup-semifinal-spain-france (3).jpg
world-cup-semifinal-spain-france (4).jpg
world-cup-semifinal-spain-france (5).jpg
world-cup-semifinal-spain-france (6).jpg
world-cup-semifinal-spain-france (7).jpg
world-cup-semifinal-spain-france (8).jpg
world-cup-semifinal-spain-france (9).jpg
world-cup-semifinal-spain-france (10).jpg
world-cup-semifinal-spain-france (11).jpg
world-cup-semifinal-spain-france (12).jpg
world-cup-semifinal-spain-france (13).jpg
world-cup-semifinal-spain-france (14).jpg
world-cup-semifinal-spain-france (15).jpg
world-cup-semifinal-spain-france (16).jpg
world-cup-semifinal-spain-france (17).jpg
world-cup-semifinal-spain-france (18).jpg
world-cup-semifinal-spain-france (19).jpg
world-cup-semifinal-spain-france (20).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ