arrow

विष्णु पौडेलको क्षेत्रमा तनाव : एउटा बाकस भेटिएन, अर्कोमा ३४ मतपत्र बढी भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
butwal-tanab.jpg

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको क्षेत्र रुपन्देही २ मा तनाव सृजना भएको छ । मतदान पश्चात् सैनामैना नगरपालिकाबाट ल्याइएको एउटा बाकस र अर्को बाकसमा ३४ वटा मत पत्र बढी भेटिएपछि तनाव सृजना भएको हो । 

सैनामैना नगरपालिकाबाट आएको एउटा बाकस फुटेको थियो । उक्त बाकसलाई कपडाले बाँधेर सहमतिमा राखिएको थियो । सो बाकस नभेटिएपछि बुटवलमा विवाद चर्किएको छ । साथै अर्को बाकसमा ३४ वटा मतपत्र बढी भेटिएपछि विवाद उत्कर्षमा पुगेको हो । 

योसँगै बुटवल उपमहानगरको पुरानो भवनमा भइरहेको मतगणना रोकिएको छ। सो विवाद बारे निर्क्याैल निकाल्न सर्वदलीय बैठक बसिरहेको छ । 

भित्र सर्वदलीय बैठक बसिरहँदा बाहिर स्वतन्त्रता पार्टीका युवाहरुले विरोध प्रदर्शन गरिरहेका छन् । अहिले उपमहानगर अगाडि प्रदर्शन गरिरहेका करिब ४-५ सय जना युवाहरूलाई ठूलो सङ्ख्यामा खटिएका प्रहरीले तितरबितर पारेका छन् । 

यस क्षेत्रमा एमाले उपाध्यक्ष पौडेल २३ हजार ७९३ मतका साथ पहिलो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २२ हजार ८८७ मतका साथ दोस्रो स्थानमा छन् । गणेश पौडेल ९०६ मतले पछि रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ