arrow

युक्रेन युद्धले पूर्वी युरोपका हतियार उद्योग शीत युद्धयताकै उच्च उत्पादनमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
east-europe-weapon-ukraine-war.jpg

काठमाडौं । रुस विरुद्धको युद्धमा युक्रेनलाई हतियार बिक्री र सहयोग गरिरहँदा पूर्वी युरोपका हतियार उद्योगले शीत युद्धपछिकै उच्च बिन्दुमा बन्दुक, तोप, गोला र अन्य सैन्य आपूर्तिको उत्पादन बढाएका छन् ।

युक्रेनका सहयोगी राष्ट्रहरुले आफ्नो भण्डार कम हुने गरी युक्रेनलाई हातहतियारहरु सहयोग गरिरहेका छन् । केही पूर्व वार्सा प्याक्ट अन्तर्गतका देशहरूले युक्रेनलाई गरिएको सैन्य सहयोग क्षेत्रीय सुरक्षाको मामिलाका रुपमा हेरिरहेका छन् ।

तर यस क्षेत्रका एक दर्जन सरकारी एवं प्राइभेट कम्पनीका अधिकारीहरुले रोयटर्ससँग बोल्दै युद्धले यस क्षेत्रका हतियार उद्योगहरुका लागि नयाँ अवसर प्रदान गरेकोसमेत बताएका छन् ।

'युक्रेनमा चलिरहेको युद्धको वास्तविकता र रक्षा बजेटको क्षेत्रमा खर्च बढाउने उद्देश्यका धेरै देशहरूका लागि आगामी वर्षमा नयाँ बजारहरूमा प्रवेश गर्दै हतियार निर्यातको राजस्व बढाउने मौका रहेको,' पोल्याण्डको एक सैन्य उद्योग पीजीजेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सेबास्टियन च्वालेकको भनाइ छ ।

राज्यको स्वामित्वमा रहेको पीजीजेडले हतियार र गोलाबारुद बनाउने ५० भन्दा बढी कम्पनीहरूलाई आफू मातहत राखेको छ ।

यसले अबको दशकमा युक्रेन युद्धपूर्वको लक्ष्य भन्दा दोब्बर १.८ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ ।

पोल्याण्ड, स्लोभाकिया र चेक गणतन्त्रका अधिकारीहरुले अन्य उत्पादकहरूलेसमेत उत्पादन क्षमता बढाउन कामदार र कम्पनीहरु भाडामा लिने दौड शुरु गरेको बताएका छन् ।

रुसी आक्रमणको लगत्तै किभले पश्चिमबाट नेटो स्तरका उपकरणहरु पर्खिरहेका बेला केही पूर्वी युरोपेली सेना र निर्माताहरूले युक्रेनीहरू परिचित भएका सोभियत युगका हतियार र गोदामहरू रित्याउन थालेका थिए ।

त्यस्ता गोदाम एवं भण्डारहरु घट्दै गएपछि हतियार निर्माताहरूले आपूर्ति प्रवाह जारी राख्न पुरानो र आधुनिक उपकरणहरूको उत्पादनलाई गती दिएका छन् । हतियारको प्रवाहले युक्रेनलाई रुसी सेनालाई पछाडि धकेल्न र ठूलो भूभाग फिर्ता पाउन मद्दत गरेको छ ।

विगतका वर्षमा ३५० र २०२२ मा, ६०० भन्दा थप पोल्याण्डको पीजीजेडले २०२३ मा १००० पोर्टेबल पायोरन म्यानप्याड वायु रक्षा प्रणाली उत्पादन गर्ने भएको र ती सबै युक्रेनका लागि भने नभएको सीईओ सेबास्टियन च्वालेकले बताए ।

चेक एमिल स्कोडाले अस्ट्रो हंगेरी साम्राज्यको लागि हतियारहरू निर्माण गर्न थाल्दा शुरु भएको पूर्वी युरोपको हतियार उद्योग १९ औं शताब्दीको हो ।

कम्युनिज्म अन्तर्गत शीत युद्धका बेला विश्वभर मास्कोले प्रहार गर्नका लागि चेकोस्लोभाकियाका ठूला कारखाना र वार्सा प्याक्टको दोस्रो ठूलो हतियार उत्पादक पोल्याण्ड एवं यस क्षेत्रका अन्य ठाउँहरूमा हतियार उत्पादन तीव्ररुपमा रही आएको थियो ।

युक्रेनले चेक कम्पनीहरूबाट मात्रै करिब २.१ अर्बको हातहतियार पाएको छ । जसमध्ये ९५ प्रतिशत खरिद सम्झौता अन्तर्गत प्राप्त गरेको हो । चेकका उप रक्षामन्त्री टोमस कोपेकनीले देशले यस वर्ष सन् १९८९ यताकै उच्च बिन्दुमा हतियार निर्यात गरेको रकेर्ड रहने बताएका छन् ।

यसरी रुसले युक्रेनमा गरेको आक्रमण पूर्वी युरोपका हतियार कारखाना एवं उद्योगहरु र देशहरुका लागि अवसर सावित भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ