arrow

सोम पाण्डेयलाई हराउँदै पाल्पा २ मा ठाकुर गैरेले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
palpa-2.jpg

पाल्पा । पाल्पा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य ठाकुरप्रसाद गैरे विजयी भएका छन् । 

गैरेले २७ हजार आठ सय १७ मत प्राप्त गरे । उनका निकटतम प्रतिष्पर्धी वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)का सोमप्रसाद पाण्डेयले २३ हजार आठ सय ५१ मत प्राप्त गरे। 

प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा ११ राजनीतिक दल र तीन स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका थिए । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरेले ५ हजार एक सय ८० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ