- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रुपन्देही । रुपन्देही क्षेत्र- २ को मतगणनामा विवाद उत्पन्न भएपछि शुक्रवार बिहान देखि मतगणना रोकिएको छ । ३४ वटा मतपत्र बढी भेटिएको र अन्य मतपत्रहरू हस्ताक्षर बिनाका भेटिएपछि उत्पन्न विवाद अहिले उत्कर्षमा पुगेको छ ।
बुटवल उपमहानगरपालिकाको पुरानो भवनमा थालिएको मतगणना स्थल यतिबेला तनावपूर्ण बनेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका युवाहरूले बिहानै देखि रुपन्देही क्षेत्र न -२ बुटवलको निर्वाचन अधिकृत उदवीर नेपालीलाई हटाउनु पर्ने र पुन:मतदान गर्नुपर्ने माग राख्दै नाराबाजी गरेका छन् ।
आन्दोलनमा सहभागी भएका बाबुराम पन्थीले भने हामीले अगाडी सारेको मागप्रति सत्ता गठबन्धन लगायत अन्य दलहरूले पनि समर्थन गरेको बताए।
यद्यपि मतपत्रमा देखिएको विवाद सुल्झाउन बिहान बसेको सर्वदलीय बैठकले के निर्णय गर्यो भन्ने बारेमा भने कुनै सूचना सार्वजनिक गरिएको छैन ।
यस क्षेत्रमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल २३ हजार ७९३ मतका साथ पहिलो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल २२ हजार ८८७ मतका साथ दोस्रो स्थानमा छन् । गणेश पौडेल ९०६ मतले पछि रहेका छन् ।