arrow

र्‍यापर वेस्टले गरे अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ९ शुक्रबार
kim-kardashian-kanye-west.jpg

काठमाडौं । र्‍यापर कान्ये वेस्टले सन् २०२४ मा अमेरिकी राष्ट्रपतिको लागि उम्मेदवारी दिने इच्छा व्यक्त गरेका छन् । कानूनी रूपमा आफ्नो नाम परिवर्तन गरेर ये राखेका स्टारले आफ्नो अभियानको लोगोको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् र सँगै ये २४ पनि लेखेका छन् ।

उनले डोनाल्ड ट्रम्पलाई आफ्नो रनिङ मेट हुन आग्रह गरेको पनि दाबी गरेका छन् । कान्ये वेस्टले यसअघि २०२० मा राष्ट्रपतिको लागि उम्मेदवारी दिएका थिए । तर त्यो अभियान ७० हजार मतसँगै असफल भएको थियो ।

यस हप्ताको शुरुमा कान्ये वेस्ट ट्रम्पको मार ए लागो गल्फ क्लबमा राष्ट्रवादी निक फ्युएन्टेसका साथ देखिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ