arrow

फेवातालमा युवतीको शव भेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
death photo.jpg

पोखरा । गत आइतबार पोखराको फेवातालमा बेपत्ता भएकी युवती मृत अवस्थामा भेटिएकी छन् । पोखरा महानगरपालिका वडा नं. २२ स्थित फेवातालमा शुक्रबार उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उक्त शव रामेछाप घर भई काठमाडौं बस्दै आएकी २५ वर्षीया अस्मिता खत्रीको भएको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए । 

प्रहरीले दिएको जानकारी अनुसार अस्मिता गत आइतबार फेवातालमा डुङ्गामा चढिरहेको अवस्थामा लाइफ ज्याकेट खोली एक्कासी तालमा हाम फालेकी थिइन् ।

वडा प्रहरी कार्यालय बैदाम र डिएम गोताखोरसमेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शुक्रबार उनको शव फेला पारेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ