arrow

सुदूरपश्चिममा माओवादी र कर्णालीमा एमाले ‘शून्य’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १० शनिबार
ncp-uml-maoist.jpg

काठमाडौं । अघिल्लो पटक कर्णाली प्रदेशमा नेकपा एमाले उल्लेख्य संख्यामा निर्वाचित भएको थियो । तर यसपल्ट एमाले कर्णाली प्रदेशमा ‘शून्य’ भएको छ । सुदूरपश्चिममा माओवादी केन्द्र र कर्णाली प्रदेशमा नेकपा एमाले प्रतिनिधि सभामा शून्य भएका हुन् । सुदूरपश्चिमका १६ सिटमध्ये सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा माओवादी केन्द्रले चार स्थानमा भाग पाएको थियो । 

उसले कैलाली ३ र २ कञ्चनपुर १ र बैतडीमा आफ्ना उम्मेदवार खडा गरेको थियो । तर एक ठाउँबाट पनि जित निकाल्न सकेन । कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ भने कञ्चनपुर १ र बैतडीमा एमालेले जितेको छ । कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीको विजयी भएको छ । 

कैलाली ३ मा माओवादीले संविधान सभा सदस्य कृष्णकुमार चौधरीलाई उम्मेदवार बनाएको थियो । तर नवजात नागरिक उन्मुक्ति पार्टीका अगाडि चौधरीको सीप चल्न सकेन । 

कैलाली २ मा पनि नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरी विजय भएका छन् । यहाँ माओवादीले भगतबहादुर बडुवाललाई उम्मेदवार बनाएको थियो । कञ्चनपुर १ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरलाई हराउँदै एमालेका तारा लामा तामाङ विजयी भएका छन् । 

बैतडीमा माओवादी केन्द्रका नरेन्द्रबहादुर कुँवरलाई हराउँदै एमालेका दामोदर गौतम विजयी भए । 

सुदूरपश्चिममा बरु नेकपा एकीकृत समाजवादीले पाएका सिटमा शतप्रतिशत जित निकालेको छ । एसबाट डोटीमा प्रेम आले, बझाङबाट भानुभक्त जोशी र अछाम १ बाट शेरबहादुर कुँवर विजयी भएका छन् ।

सुदूरपश्चिममा माओवादी शून्य हुँदा कर्णालीमा एमालेको हालत पनि उस्तै छ । एमालेले प्रतिनिधि सभामा कर्णालीका सबै सिटमा उम्मेदवार खडा गरेको थियो । तर एक सिटमा पनि जित निकाल्न सकेन । 

अहिलेसम्म प्राप्त मत हेर्दा यी ठाउँमा पनि एमालेले जित निकाल्न सक्ने सम्भावना कमजोर देखिएको छ । जुम्लामा राप्रपाका ज्ञानबहादुर शाही विजयी हुनुबाहेक अरु क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । 

हुम्ला, कालीकोट र मुगुमा पनि सत्ता गठबन्धनका उम्मेदवार विजय भएका छन् । तर मतको आधार हेर्ने हो भने एमाले कमजोर देखिएको छैन । हालसम्म प्राप्त परिणाम अनुसार नेपाली कांग्रेसले प्रत्यक्षतर्फ ५१ स्थानमा जित हात पारेर अग्रस्थानमा छ । 

अझै चार स्थानमा कांग्रेसको अग्रता कायमै छ । 

दोस्रोमा रहेको नेकपा एमालेले ३८ स्थानमा जित हासिल गरेको छ । १७ स्थानमा जित्दै माओवादी तेस्रो हुँदा एकीकृत समाजवादीले प्रतिनिधि सभा तर्फका १० स्थानमा जित हासिल गरेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७ स्थानमा जित्दा राप्रपाले ६ सिटमा जितेको छ । अझै केही स्थानको मत गणना बाँकी रहेको छ । 

कर्णाली प्रदेशमा को विजयी ? 
डोल्पा–धनबहादुर बुढा, एकीकृत समाजवादी 
रुकुम पश्चिम–जनार्दन शर्मा, माओवादी 
सल्यान–प्रकाश ज्वाला, एकीकृत समाजवादी 
सुर्खेत 
१,पूर्णबहादुर खड्का, नेपाली कांग्रेस 
२, हृदयराम थानी, नेपाली कांग्रेस 
जजरकोट शक्तिबहादुर बस्नेत माओवादी केन्द्र 
जुम्ला 
ज्ञानबहादुर शाही, राप्रपा 
दैलेख 
१,अमरबहादुर थापा, एकीकृत समाजवादी 
२, दिक्पालकुमार शाही, नेपाली कांग्रेस 
कालीकोट
महेन्द्रबहादुर शाही, माओवादी केन्द्र
मुगु 
ऐनबहादुर शाही ठकुरी, नेपाली कांग्रेस 
हुम्ला 
छिरिङ डम्डुम लामा, माओवादी 

सुदूरपश्चिम प्रदेशमा को विजयी ? 
बाजुरा मत गणना नै नभएको–कांग्रेसको उम्मेवार
अछाम 
१, शेरबहादुर कुँवर, एकीकृत समाजवादी
२, पुष्पबहादुर शाह, नेपाली कांग्रेस 
कैलाली 
१, रञ्जिता श्रेष्ठ, नागरिक उन्मुक्ती
२, अरुणकुमार चौधरी, नागरिक उन्मुक्ती
३, गंगाराम चौधरी, नागरिक उन्मुक्ती
कञ्चनपुर 
१, तारा लामा, एमाले 
२, एनपी साउद, नेपाली कांग्रेस 
३, रमेश लेखक नेपाली काग्रेस
डोटी 
प्रेमबहादुर आले, एकीकृत समाजवादी 
डडेलधुरा
शेरबहादुर देउवा, नेपाली कांग्रेस 
बझाङ
भानुभक्त जोशी, एकीकृत समाजवादी 
बैतडी
दामोदर भण्डारी, एमाले 
दार्चुला
दिलेन्द्रप्रसाद बडू, नेपाली कांग्रेस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ