arrow

आफ्नो दलले निर्वाचनमा पराजय भोगेपछि अध्यक्ष पदबाट साईले दिइन् राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ११ आइतबार
tiwan-oresident.jpg

ताइवान । ताइवानको प्रमुख विपक्षी दल कुओमिन्ताङ (केएमटी) ले शनिबार भएको स्थानीय निर्वाचनमा विजय हासिल गरेको छ । 

मतदान परिणामलाई चीनको बढ्दो आक्रामकताको अवज्ञा गर्ने राष्ट्रपति साई इङ-वेनको प्रयासको विफलताका रूपमा हेरिएको छ ।

 यसैबीच, ताइवानकी नेतृ त्साईले आफ्नो दलले स्थानीय निर्वाचनमा पराजय भोगेपछि सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छन् । 

ताइवानको हक्का समुदायबाट निर्वाचित वेन ताइवानको पहिलो महिला राष्ट्रपति हुन् । उनले शनिबार सम्पन्न स्थानीय निर्वाचनमा आफ्नो दलले अनपेक्षित पराजय भोगेपछि सत्तारुढ दलको प्रमुख पदबाट राजीनामा दिएकी हुन् । 

उनले भनिन्, “निर्वाचनको परिणाम सोचेजस्तो आएन । मैले सबै जिम्मेवारी वहन गर्नुपर्छ र म तुरुन्तै डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) को अध्यक्ष पदबाट राजीनामा दिएकी छु ।” 

साई स्वशासित ताइवान टापुको राष्ट्रपतिको रूपमा रहिरहने गरी पार्टीको नेतृत्वबाट राजिनामा दिएकी हुन् ।
 
त्साईको डीपीपीले राजधानी ताइपेइसहित ६ मध्ये ४ वटा नगर प्रमुख पदमा हार बेहोरेको छ । 

बेइजिङले लोकतन्त्रमाथि दबाब बढाइरहेका बेला साइले मतदानलाई ‘अन्तर्राष्ट्रिय समुदाय ताइवानको स्वतन्त्रता र लोकतन्त्रको रक्षाका लागि दृढता र सङ्कल्प देखाउने अवसर’ का रूपमा व्याख्या गरेकी गरेकी थिइन् ।

मेयर, काउन्टी प्रमुख र स्थानीय काउन्सिलरको निर्वाचन परिणाम कोभिड-१९ महामारी र अपराधजस्ता घरेलु मुद्दाका बारेमा केन्द्रित रहेको थियो । निर्वाचित हुनेहरूले चीन नीतिबारे प्रत्यक्ष प्रतिक्रिया दिइसकेका छैनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ