arrow

रुसी गोलाबारीमा एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
Severodonetsk-russia-ukraine-war.jpg

रुस । खेरसन ओब्लास्टका गभर्नर यारोस्लाभ यानुशेभिचले नोभेम्बर २७ मा रूसी सेनाले यस क्षेत्रमा विगतका दिनमा ५४ पटक सम्म गोलाबारी गरेको र एक व्यक्तिको मृत्यु भएको बताएको छ । त्यस्तै उक्त घटनामा एक बच्चा सहित दुई जना घाइते भएका छन् । 

यानुशेभिचले भने कि रुसी सेनाले जानजान नागरिक पूर्वाधार र नागरिकहरू माति आक्रमण गरेको बताएको छ ।   रूसीहरूले निजी भवन, अपार्टमेन्ट भवनहरू तथा सार्वजनिक  विद्यालयहरूलाइ समेत निशाना बनाएका छन् ।   

त्यस्तै खेरसन क्षेत्रमा आवासीय भवन, ग्यारेज र एउटा शैक्षिक संस्थामा आगलागी  गरिएको छ । त्यस्तै त्यहाँ नजिकैका आठ गाउँहरू आगोको चपेटामा परेका छन्। रुसी सेनाहरूले रणनीतिकरूपमा मानव वस्ती भएका क्षेत्रलाई  निशाना बनाई आक्रमणलाई तीव्रता दिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ