arrow

अशोक राईले साढे चार सय मतले जिते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
asokks.jpg

काठमाडौं । जसपाका राष्ट्रिय परिषद् अध्यक्ष अशोक राई सुनसरी क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 सुनसरी १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङसँग ३५० मतान्तरले पछाडि रहेका जसपाका राई आश्चर्यजनक तरिकाले अघि बढ्दै चुनाव जितेका हुन्  । 

अन्तिम मत परिणाम अनुसार जसपाका राई ४ सय ५३ मतको मतान्तरले तामाङलाई पराजित गर्दै विजयी भए ।  राईले १७ हजार ५९ मत प्राप्त गर्दा   तामाङले १६ हजार ६ सय ६ मत प्राप्त गरिन् । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मुक्‍सामहाङ सुब्बा १३ हजार ८७ मतमतका साथ तेस्रो स्थानमा छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवार  अशोक राई(अविरल)ले ७ हजार  हजार ८ सय ४ मत ल्याए ।

राईका जसपा केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादव भने सीके राउतसँग पराजित भएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ