arrow

विश्वकपमा मोरक्कोसँग हारेपछि बेल्जियममा दङ्गा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
belguim-fire.jpg

काठमाडौं । कतार विश्वकपमा मोरक्कोसँग पराजित भएपछि बेल्जियममा दंगा फैलिएको छ । आइतबार राति सम्पन्न खेलमा मोरक्कोले बेल्जियमलाई २-० ले हराएको छ । पहिलो खेलमा क्यानडालाई १–० ले हराएको बेल्जियम दोस्रो खेलमा भने मोरक्कोसँग पराजित भएको थियो । 
 
यससँगै बेल्जियमको राजधानी ब्रसेल्सका धेरै ठाउँमा फुटबल फ्यानहरू आक्रोशित भए । केही समयपछि दङ्गाको रूप लियो । दर्जनौँ आन्दोलनकारीले सार्वजनिक सवारीसाधनमा आगजनी गरेका छन् । इँटा ढुङ्गा प्रहार गरेका छन्  । आइतबार बेल्जियम प्रहरीले एक दर्जन व्यक्तिलाई हिरासतमा लिएको छ।

प्रहरीले दंगा नियन्त्रण गर्न अश्रुग्याँस र पानीको फोहोरा प्रहार गरेको थियो । ब्रसेल्सका मेयर फिलिप क्लोसले फुटबल फ्यानहरूलाई राजधानीबाट टाढा रहन आग्रह गरेका छन् । अधिकारीहरूले सडकमा सुव्यवस्था कायम राख्न सक्दो प्रयास गरिरहेको बताए। प्रहरीको आदेशमा मेट्रो र ट्राम पनि अवरुद्ध भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ