arrow

समानुपातिकमा सीके राउतको पार्टीले माधव नेपालको पार्टीलाई उछिन्यो

एमाले कांग्रेसबीच डेढ लाखको मतान्तर, समानुपातिकतर्फ कसको कति मत ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १२ सोमबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ नेकपा एमाले २५ लाख ३४ हजार ३२३ मतका साथ पहिलो स्थानमा रहेको छ ।

सोमबार बिहान ११ बजे सम्ममा एमाले नेपली कांग्रेस १ लाख ४४ हजार ४९२ मतले अगाडि रहेको छ । 

 कांग्रेसले २३ लाख ९९ हजार ८३१ मतका साथ समानुपातिकतर्फ दोस्रो स्थानमा छ। 

त्यस्तै हाले उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मतका साथ तेस्रो स्थानमा छ । 

नेकपा (माओवादी केन्द्र)ले १० लाख ६२ हजार ७४७ मत पाएर चौंथो स्थानमा छ। 

पाँचौमा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ६५६ , छैठौंमा जनता समाजवादी पार्टीले ३ लाख २६ हजार ३७२ मत पाएका छन् । 

 सीके राउतको जनमत पार्टी माधव नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादी भन्दा अगाडि रहेको छ । 

सीके राउतको पार्टी सातौँ स्थानमा छ भने माधव नेपालको पार्टी आठौँ स्थानमा छ । 

जनमत पार्टी २ लाख ६२ हजार ८२६ मत पाएको छ । एसले २ लाख ५२ हजार २७ मत पाएको छ । 

रेशमलाल चौधरी अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६२ मत प्राप्त गरेर नवौँ स्थानमा रहेको छ । 

१ लाख २७ हजार ९१८ मतका साथ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल दशौ स्थानमा रहेको छ । 

यही मङ्सिर ४ गते भएको निर्वाचनअन्तर्गत समानुपातिकतर्फ कूल ९३ लाख पाँच हजार सात सय ६६ मत गणना गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ