arrow

निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई सिटौलाको अनुरोध 

 पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
krishna-prasad-sitoula.jpg.jpeg

काठमाडौं ।  नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालेले निर्वाचनको परिणामबाट नआत्तिन मतदातालाई अनुरोध गरेका छन् । झापाको बाह्रदशीमा मतदातालाई धन्यवाद दिँदै यस्तो अनुरोध गरेका हुन् । निर्वाचनको परिणाम हेर्ने हो भने नेपालको राजनीति नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रकै सेरोफेरोमा रहने देखिएको सिटौलाले भने । 

हार जित स्वाभाविक भएकाले दुःख नमानी आगामी दिनका लागि सङ्गठन विस्तार गर्दै विकास-निर्माणको वातावरण बनाउन गठबन्धनका सहकर्मी सबैलाई नेता सिटौलाले आह्वान गरे ।

झापा क्षेत्र नम्बर ३ मा सिटौला राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग ३२ सय मतले पराजय भोगेका थिए । 

उनले मुलुकको आगामी राजनीतिक नेतृत्व लोकतान्त्रिक-वाम गठबन्धनले गर्ने बताए । नेता सिटौलाले आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार बन्ने र उक्त सरकारले मुलुकको राजनीतिलाई गति दिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ