arrow

सञ्चारमन्त्रीको सुनसरी ४ मा बोलाइयो सर्वदलीय बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
sunsari-4.jpg

काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार रहेको सुनसरी क्षेत्र नं. ४ को मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । 

मतगणनाका क्रममा निर्वाचन आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको कांग्रेसका उम्मेदवार कार्कीले लगाएपछि सो स्थानमा निर्वाचन स्थगित भएको थियो । 

सो क्षेत्रको मतगणना गर्ने क्रममा त्रुटि भएकोले पुनः मतगणनाको माग गर्दै उम्मेदवार कार्कीले दिएको निवेदन सुनुवाइ गर्दै आयोगले मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएको हो ।

लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताएका छन् । 

उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मतले अगाडि छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ । 

सो क्षेत्रका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले आयोगको निर्देशन पछि आज बिहान ७ बजे सर्वदलीय बैठक बोलाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ