arrow

विक्रम पाण्डेले जितेपछि काममा फर्किए भोजराज अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
bhojraj.jpg

चितवन । चितवन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेसँग पराजित भएसँगै  चिकित्सक भोजराज अधिकारी नियमित कामा फर्किएका छन् । चितवन ३ बाट उम्मेदवार बनेका अधिकारी नियमित बिरामी परीक्षण सुरु गरेका छन्। उम्मेदवारी मनोनयनको दुई दिनअघि नेकपा (माओवादी केन्द्र)ले लोकतान्त्रिक-वाम गठबन्धनका तर्फबाट टिकट दिएपछि उनी निर्वाचनमा होमिएका थिए ।
 
भरतपुर अस्पताल विकास समितिको अध्यक्ष पदबाट राजीनामा दिएर उनी उम्मेदवार बनेका थिए । अस्पतालको अध्यक्ष बनेपछि त्यहाँको फिजिसियन पदबाट राजीनामा दिए अधिकारीले यसअघि पुष्पाञ्जली अस्पतालमा नियमित बिरामी जाँच गर्दै आएका थिए । 
 
उनले भने, “अब म नियमित काममा फर्किएको छु ।” स्वास्थ्य सेवामार्फत राजनीतिमा सक्रिय रहने उनको योजना छ । निर्वाचनका समयमा आफ्नो प्रतिबद्धतापत्रमा समेटिएको जनतासँग अस्पताल कार्यक्रमलाई पराजित भए पनि निरन्तरता दिने उनले जानकारी दिए । 

चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डे विजयी भएका छन् । सो स्थानबाट डा अधिकारीले २५ हजार आठ सय २२ मत प्राप्त गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ