arrow

नेकपा एसलाई राष्ट्रिय दल बन्न सकस, यस्तो छ दलहरुको अवस्था

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
ncp-united-socialist-party-office.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम निश्कर्षतर्फ पुग्ने क्रम जारी रहेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनको पहिलो हुने प्रत्यक्षतर्फको निर्वाचन प्रणाली अन्तर्गत नेपाली कांग्रेस ५३ सीटमा जित हात पार्दै पहिलो दल बनेको छ । अझै दुई स्थानमा कांग्रेसको अग्रता छ । तीन स्थानको भने मतगणना शुरु नै भएको छैन ।

यस्तै ४२ स्थानमा जितसहित नेकपा एमाले दोस्रो स्थानमा रहेको छ भने अझै २ ठाउँमा एमालेको पनि अग्रता रहेको छ । प्रत्यक्षनिर्वाचन प्रणाली अन्तर्गत तेस्रो हुनेमा १७ क्षेत्रमा जितसहित नेकपा माओवादी केन्द्र रहेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले १० सीट जितेको छ भने समानुपातिकतर्फ थ्रेसहोल्ड पुग्न सकस हुँदा यसलाई राष्ट्रिय दल बन्न चुनौती हुने देखिएको छ ।

यसबाहेक जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले सात–सात सीटमा जितेको छ ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ४, नागरिक उन्मुक्ति पार्टीले २ (एक ठाउँमा अझै अग्रता), राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १, जनमत पार्टीले १ र स्वतन्त्रबाट ५ जना विजयी भएका छन् ।

यसरी प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पहिलो हुने दल नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले र तेस्रो माओवादी केन्द्र हुने निश्चित देखिएको छ ।

समानुपातिकतर्फ

समानुपातिकतर्फ ९७ लाख ७१ हजार ६ सय ५७ मत गणना हुँदासम्म नेकपा एमाले २६ लाख ३७ हजार ६ सय ५५ मतसहित पहिलो नम्बरमा रहेको छ । यस्तै २४ लाख ९२ हजार ९ सय १५ मतसहित नेपाली कांग्रेस दोस्रो नम्बरमा रहेको छ।

यस्तै नेकपा माओवादी केन्द्र ११ लाख २३ हजार ७ सय ४९ मतसहित तेस्रो नम्बरमा रहेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ८४ हजार २ सय २७ मतसहित चौंथो स्थानमा रहेको छ । यद्यपि, अझै केही ठाउँमा मतगणना जारी रहँदा र कतै मतदान समेत बाँकी रहँदा अन्तिम परिणाम निक्र्यौल गर्न भने कठिन छ ।

५ लाख ५७ हजार ३४० मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी, ३ लाख ७३ हजार ५२८ मतसहित जनता समाजवादी पार्टी, नेपाल र ३ लाख २९ हजार ८ सय २८ मतसहित जनमत पार्टी राष्ट्रिय दल बन्नेतर्फ अग्रसर भएका छन् ।

मतगणना जारी रहँदा र केही ठाउँमा अझै निर्वाचन बाँकी हुँदा २ लाख ७६ हजार ५४८ मत पाइसकेको छ नेकपा एकीकृत समाजवादीको भाग्य जाँच भने हुन बाँकी छ ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा करिब ६१ प्रतिशत मतदान भएको छ । आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताको ६१ प्रतिशत करिब १ करोड ९ लाख ७० को हाराहारीमा मत खसेको अनुमान गरिएको छ ।

यसअनुसार अहिले आंकलनले समानुपातिक प्रणालीमा सीट पाउनका लागि कम्तीमा ३ लाख २० हजारको हाराहारीमा मत ल्याउनुपर्ने हुनसक्छ । तर केही मत बदरसमेत जाने भएका कारण अन्तिम परिणाम बिना राष्ट्रिय दल बन्न आवश्यक मत संख्या भन्न भने अहिले सकिने स्थिति छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ