arrow

मेलम्चीको बहाव घटबढ हुन सक्ने भन्दै सतर्क रहन आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १३ मंगलबार
melamchi-khanepani-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौं । मेलम्ची नदीमा पानीको बहाव घटबढ हुन सक्ने भन्दै स्थानीयवासीलाई सतर्कता अपनाउन मेलम्ची खानेपानी विकास समितिले आग्रह गरेको छ । एक सूचनामार्फत समितिले मेलम्चीको पानी पथान्तरणको कार्य शुरु भएकाले पानीको बहाव घटबढ हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो । 

सुरुङ प्रवेश मार्गबाट जुनसुकै समयमा पानी झर्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको समितिले जनाएको छ । यस्तै उक्त स्थानहरूमा माछा मार्न, वस्तु भाउ चराउन, खेतीपाती गर्न तथा अन्य जुनसुकै काम गर्न जाँदा विशेष सावधानी अपनाउनसमेत सूचित गरिएको छ । 

सरकारले पुसमै मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने घोषणा गरेको थियो । सोहीअनुसार मेलम्ची सुरुङमा पानी छाडिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ