arrow

कांग्रेससँग सहकार्य गर्न सीके राउत तयार, विमलेन्द्र निधीसँग एक घण्टा छलफल 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १४ बुधबार
ck-raut-bimalendra-nidhi.jpg

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विलमेन्द्र निधी र जनमत पार्टीका अध्यक्ष सीके राउतबीच भेटघाट भएको छ । हालै सम्पन्न निर्वाचनमा सप्तरीबाट विजयी भएका अध्यक्ष राउत र कांग्रेस नेता निधीबीच निधी निवास नयाँवानेश्वरमा भेटवार्ता भएको हो ।

बुधबार दिउँसो भएको करिब एक घण्टा लामो भेटका क्रममा निधीले निर्वाचनमा सफलता हासिल गरेकोमा राउतलाई बधाई दिएका थिए । भेटमा निधी र राउतबीच मुलुकको समसामयिक राजनीतिका विषयमा कुराकानी भएको निधिको सचिवालयले जनाएको छ।

निधीसँगको भेटमा राउतले आफ्नो बारेमा अनावश्यक भ्रम फैलाइएको बताउँदै आफू शान्ति र लोकतन्त्रमा विश्वास गर्ने प्रजातन्त्रवादी भएको र कांग्रेससँग सहकार्य गर्न तयार रहेको प्रष्ट पारेका थिए । 

भेटमा निधीले राउतलाई कांग्रेस र सत्ता गठबन्धनमा सहभागी हुन प्रस्ताव गरेका थिए । निधीको प्रस्तावमा सहमति जनाउँदै राउतले संघ र प्रदेश सरकार गठनमा सहभागी हुन आफू पूर्ण रूपमा सकारात्मक भएको जवाफ दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ