arrow

हाकिम जेफ्रीस चुनिए अमेरिकी डेमोक्र्याट्सको पहिलो अश्वेत पार्टी लिडर

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
hakeem-jeffries.jpg

काठमाडौं । हाकिम जेफ्रीस जनवरीमा सुरु हुने अमेरिकी प्रतिनिधि सभामा डेमोक्र्याटिक पार्टीको शीर्ष नेता बन्नका लागि बुधबार सर्वसम्मतिले निर्वाचित भएका छन् ।

यससँगै अमेरिकी संसदमा यस्तो उच्च पदमा बस्ने पहिलो अश्वेत अमेरिकी नागरिकसमेत तेफ्रीस बनेका छन् ।

जेफ्रीसका सँगी डेमोक्र्याटहरूको मतदानले ४३५ सदस्यीय सदनमा युवा पुस्ताको नेताहरूको उदयले न्यान्सी पेलोसीको युगको अन्त्य र ८० को दशकमा अन्य डेमोक्र्याटहरूलाई पार्टीको शीर्ष नेता बन्नबाट रोकेको संकेत गरेको छ ।

न्युयोर्कका ५२ वर्षीय जेफ्रीसले जनवरी ३ मा हुने ११८ औँ कांग्रेसमा हाउस डेमोक्र्याटिक नेताको पद सम्हाल्नेछन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ