arrow

कोभिड प्रतिबन्धका प्रदर्शनकारीमाथिको दमन चीनको कमजोरी हो : अमेरिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १५ बिहिबार
china-sanghai-protest.jpg

काठमाडौं । लगभग तीन वर्षको सामूहिक परीक्षण, क्वारेन्टाइन र लकडाउनबाट लाखौं प्रभावित भएको चीनमा यस विरुद्ध प्रदर्शन गरिरहेकाहरू माथिको दमन कमजोरीको सङ्केत भएको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिकन्केनले बताएका छन् ।

एनबीसीकी एन्ड्रिया मिचेलसँगको एक अन्तर्वार्तामा ब्लिन्केनले भनेका छन्,'मलाई लाग्छ कि जुनसुकै देश जहाँ तपाईँले मानिसहरूलाई बोल्न, शान्तिपूर्वक विरोध गर्न, उनीहरूको निराशा प्रकट गर्न बाट रोक्नको लागि ठूलो दमनकारी कदम चालेको देख्छौँ, त्यो शक्तिको सङ्केत होइन, यो कमजोरीको सङ्केत हो ।'

चीनका विभिन्न शहरमा अहिले चीनको कथित शून्य कोभिड नीतिको चर्को विरोधसहित प्रदर्शनहरू भइरहेका छन् । कोभिड१९को नियन्त्रणका लागि उपचार, खोप, क्वारेनटिनलगायतका उपायहरू हुँदा हुँदै पनि चीनले कडा लकडाउनको नीति अँगालेको छ ।

यद्यपि, लकडाउनविरुद्ध प्रदर्शन भइरहँदा अर्कातिर चीनमा पछिल्लो सातायता महामारी सुरु भए यताकै धेरै सङ्ख्यामा कोरोना भाइरसका संक्रमित थपिइरहेका छन् । एकातिर संक्रमण बढ्दै जाँदा र अर्कातिर विरोध चर्किदा दबाबमा रहेको चीनले अहिले आफ्नो शून्य कोभिड नीति केही शहरमा खुकुलो पार्न थालेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ