- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । रुस युक्रेन युद्ध शुरु भएको १० महिनामा १३ हजार युक्रेनी सैनिक मारिएको दाबी युक्रेनले गरेको छ ।
रुसले गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । सो युद्धमा १० देखि १३ हजार युक्रेनी सैनिक मारिएको दाबी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोदोलिकले गरेका छन् ।
यता यूरोपेली आयोगका प्रमुख उर्सुला भोन डेर लियनले अहिलेसम्म एक लाख युक्रेनी सैनिक मारिएको बताएकी छन् ।
रुसतर्फ भने सङ्ख्या सार्वजनिक भएको छैन । नौ हजार ३ सय ११ रुसी सेना मारिएको यकिन भएको तर वास्तविक सङ्ख्या १८ हजार ६ सयभन्दा बढी हुन सक्ने बताइएको छ ।