arrow

१२ बजेसम्ममा समानुपातिकतर्फ यस्तो छ मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधि सभा समानुपातिकतर्फ शुक्रवार १२ बजेसम्ममा एक करोड तीन लाख ८२ हजार ८५ मत गणना भएको छ । मतगणनामा नेकपा एमाले पहिलो स्थानमा छ । एमालेले २७ लाख ७३ हजार ९९९ मत प्राप्त गरेको छ । 

निर्वाचन आयोगका अनुसार दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २६ लाख ४४ हजार २४१ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६१ हजार २५३ मत प्राप्त गरेको छ ।

आयोगको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख १९ हजार ९९६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८५ हजार ९२१, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९३१, जनमत पार्टीले ३ लाख ९४ हजार ३४५, नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९४ हजार ०६३ नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६५७ मत प्राप्त गरेको छ ।

आयोगका अनुसार लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार ६५८, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ४४ मत प्राप्त गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ