arrow

पोखरामा युवालाई कपाल काट्ने तालिम

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
Hair cuting.jpg

पोखरा । युवा स्वरोजगार अन्तर्गत पोखरा महानगरपालिका वडा नं. १५ र ग्लो संस्थाको सहकार्यमा आयोजित एक महिने कपाल काट्ने तालिम सकिएको छ ।

तालिममा युवालाई स्वरोजगार बनाउन बनाउने उद्देश्यले आयोजित तालिममा १० जना युवा सहभागी थिए । तालिममा सहभागी युवाहरुलाई गंगादेवी गुरुडले प्रशिक्षण दिएकी थिइन् ।

वडाध्यक्ष तोरणबहादुर बानियाँका अनुसार एक महिनासम्म तालिम सिकेका ती १० जना युवाले एक हप्तासम्म वडावासीको निःशुल्क कपाल काटिरहेका छन् ।

वडासदस्य आशिष भण्डारीले पोखरा-१५ स्थित सिद्ध मावि फलेपाटनका १५० जना विद्यार्थीहरु र वडामा आउने वडाबासी गरि हप्ताभरिमा लगभग ३०० जनाको कपाल काटिएको बताए ।

सिद्ध माविका प्रधानाध्यापक गुरुदत्त कोइरालाले वडा नं. १५ को एक मात्र सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क कपाल काट्ने सुविधा दिएकामा निकै खुशी लागेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ