arrow

स्याङ्जामा अग्रता बढाउँदै धनराज

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
dhanraj-padma.jpg

पोखरा । स्याङ्जा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता बढाउँदै लगेका छन् । जारी मतगणनामा नेकपा एमालेकी पद्माकुमारी अर्याल भन्दा धनराजको २२ सय १३ मत बढी छ । 

धनराजले २२ हजार ४८० पाएर अग्रता लिइरहँदा पद्मा २० हजार २६७  मतका साथ पच्छ्याइरहेकी छन् । यस क्षेत्रमा स्वतन्त्र पार्टीका टिकराज गुरूङले ७२ सय ३८ मत पाएका छन् ।

यस्तै, गण्डकी प्रदेशसभा सदस्यमा पनि कांग्रेसले नै अग्रता लिइरहेको छ । २ (क) बाट जितिसकेको कांग्रेसले (ख) मा पनि निरन्तर अग्रता लिइरहेको छ । 

प्रदेशसभामा कांग्रेसका महेश भट्टराई एमालेका बुद्धिमान श्रेष्ठ भन्दा १४२ मतले अगाडि छन् । भट्टराईले १० हजार २६१ र मत पाएका छन् भने श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । (क) बाट कांग्रेसका भोजराज अर्याल विजयी भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ