arrow

२०२२ मा नेपालको रेमिट्यान्स साढे आठ अर्ब अमेरिकी डलर पुग्नसक्ने विश्वबैङ्कको अनमान

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
remittance.jpg.jpeg
फाइल तस्बिर

काठमाडौँ। नेपालले यस वर्ष (सन् २०२२) साढे आठ अर्ब अमेरिकी डलर रेमिट्यान्स भित्र्याउने अनुमान गरिएको छ। विश्व बैङ्कले हालै सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्ट अनुसार गत वर्ष आठ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको नेपालले यस वर्ष साढे आठ अर्ब अमेरिकी डलर भित्र्याउने छ।

कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स भित्र्याउने मुलुकमा नेपाल अग्रस्थानमा छ। नेपालले सन् २०२२ मा कूल जिडिपीको २२ प्रतिशत बराबर रेमिट्यान्स आर्जन गर्ने अनुमान विश्व बैङ्कको छ।

सन् २०२२ मा विश्वव्यापी रेमिट्यान्स प्रवाहको वृद्धिदर चार दशमलव नौ प्रतिशत हुने अपेक्षा विश्व बैङ्कको छ। गत वर्ष अर्थात् सन् ०२१ मा विश्वभर पछिल्लो एक दशकयताकै उच्च रेमिट्यान्स परिचालन भएको थियो। सन् २०२० को तुलनामा सन् २०२१ मा १० दशमलव दुई प्रतिशतले रेमिट्यान्स प्रवाह बढेको विश्व बैङ्कको रिपोर्टमा उल्लेख छ।

कोभिड महामारी, रुस–युक्रेन युद्ध, विश्वभर देखिएको मूल्यवृद्धि लगायत समस्याको असर आप्रवासी कामदार र रेमिट्यान्समा पनि देखिएको रिपोर्टमा उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ