arrow

अमेरिकाले सार्वजनिक गर्याे परमाणु बम बोक्ने अत्याधुनिक पाइलट विहीन बमवर्षक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १७ शनिबार
us b-21 nuclear bomber.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले आफ्नो नवीनतम उच्च प्रविधिको रणनीतिक बमवर्षक बी-२१ रेडर सार्वजनिक गरेको छ। यो बमवर्षक चालक बीना उडाउन सकिन्छ भने, यो आणविक (परमाणु) बम बोक्न सक्षम छ।

क्यालिफोर्निया स्थित हतियार निर्माता नर्थरोप ग्रुम्यानको फेसेलिटीमा शुक्रबार शीर्ष अमेरिकी अधिकारीहरूको उपस्थितिमा एक समारोहकाबीच अर्को पुस्ताको स्टिल्थ बमवर्षक सार्वजनिक गरिएको हो।

प्रति विमान ७० करोड अमेरिकी डलर पर्ने यो विमानको १०० थान अमेरिकी वायु सेनाले किन्ने भएको हो।

युक्रेनमा जारी युद्ध र ताइवानको क्षेत्रीय अखण्डताको बीचमा अमेरिका, रुस र चीनबीच बढेको भूराजनीतिक तनावका बेला यी अत्याधुनिक नयाँ क्षमताका नयाँ बमवर्षक सार्वजनिक भएका हुन्।

रुसी र चिनियाँ रणनीतिक बमवर्षक विमानहरूले बुधबार पश्चिमी प्रशान्त क्षेत्रमा दुई राष्ट्रहरूबीच जारी सैन्य सहयोगको प्रदर्शनमा आठ घण्टाको संयुक्त गस्ती उडान गरेका छन् ।

चीनको रक्षा मन्त्रालयले यो मिसनलाई रुससँगको रक्षा सम्बन्ध सुदृढ पार्ने 'नियमित' प्रयास भनेको छ।

बी-२१ पाइलट बिना उडान भर्न सक्षम विमान हो । यद्यपि, चालक बिना चलाउने बारे अहिले नै कुनै निर्णय नभइसकेको अमेरिकी सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ