arrow

समानुपातिकमा कांग्रेस भन्दा एमाले सवा लाख मतले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा एमाले सवा लाख मतले अगाडि रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख २० हजार १२५ मत गणना भएको छ । 

आइतबार बिहान ७ बजे सम्मको मत परिणाम अनुसार २७ लाख ८८ हजार ३५६ मतका साथ एमाले शीर्ष स्थानमा छ । त्यस्तै २६ लाख ६० हजार २४६ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले र कांग्रेस बीच १ लाख २८ हजार मतको अन्तर छ । 

सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ६३८, जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६, जनमत पार्टीले तीन लाख ९४ हजार ५२३ मत प्राप्त गरेको छ । 

नेकपा (एकीकृत समाजवादी)ले दुई लाख ९४ हजार ३६२, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ६६२, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार २८१, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ५७, हाम्रो नेपाली पार्टीले ५५ हजार छ सय १८, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८१८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ३८२ मत प्राप्त गरेको छ । 

कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ