arrow

पतञ्जलीले नक्कली घ्यू बेच्ने गरेको भाजापा नेताको आरोप, रामदेवलाई भने- मिलावटका राजा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
ramdev1.jpg

काठमाडौं । भारतमा भारतीय जनता पार्टीका सांसद बृजभूषण शरण सिंहले पतञ्जलीका उत्पादनहरू विरुद्ध राष्ट्रव्यापी आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन्।

उत्तर प्रदेशको बहराइच जिल्लाको कैसरगञ्ज लोकसभाका सांसद ब्रिज भूषणले पतञ्जलीले बेच्ने घ्यू नक्कली भएको आरोप लगाउँदै बाबा रामदेवलाई 'मिलावटका राजा'  भनेका छन् । 

साथै उनले पतञ्जलीले बेच्ने घ्यू नकिन्न आग्रह गर्दै  गाई पालेर आफैँ घिउ तयार गर्न सुझाव दिएका छन् ।

सांसद सिंहले पतञ्जलीको उत्पादनको गुणस्तरमाथि प्रश्न उठाएपछि पतञ्जलीका निर्देशक आचार्य बालकृष्णले उनलाई कानुनी नोटिस पठाएका थिए । उनलाई बिना सर्त माफी माग्न भनिएको थियो।

यस सम्बन्धमा सिंहले भने, ‘जेल जानु जनताको हितमा हो भने म डराउँदिनँ । मैले जे भने म त्यसमा अडिग छु । रामदेवले महर्षि पतञ्जलीको नामको दुरुपयोग गरिरहेकाले त्यसको विरुद्धमा उभिन सन्त समुदायलाई अपिल गर्दछु ।'

भाजपा सांसदले पतञ्जलीका उत्पादनहरूको गुणस्तरमा विगतमा पनि प्रश्न उठेको र कम्पनी र यसका प्रवर्द्धकहरूलाई कारबाही गर्न सरकारलाई अपिल गरे। उनले देशभरका ऋषि–मुनिहरूको बैठक आयोजना गर्ने र रामदेवविरुद्ध देशव्यापी आन्दोलन गर्ने निर्णय गरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ