arrow

दोलखामा ३० वर्षे इतिहास ब्रेक गर्दै कांग्रेसका कुन्दराज काफ्ले विजयी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १९ सोमबार
kundan-kafle.jpg

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दराज काफ्ले विजयी भएका छन् । कांग्रेसका उम्मेदवार काफ्ले नेकपा एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठलाई सात हजार ८७५ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । उनले २३ हजार २३१ मत पाएका छन् ।

नेकपा एमालेका श्रेष्ठले मत १५ हजार ३५६ मत प्राप्त गरेका छन् ।  काफ्ले विजयी भएसँगै ३० वर्षपछि कांग्रेसले आफ्नो साख फर्काएको हो । २०५२ सालको उप—निर्वाचनमा स्व. नेता भीमबहादुर तामाङपछि यो क्षेत्रमा कांग्रेसका कुनै पनि नेताले सफलता हात पार्न सकेका थिएनन् । 

कांग्रेसको ३० वर्षपछि साख फिर्ता ल्याउने को हुन काफ्ले ?

काफ्लेले २०५५ सालमा पशुपति क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका थिए । काफ्ले स्ववीयु सदस्य हुँदै पशुपति क्याम्पसको स्ववीयू सचिव–२०५७ मा बनेका थिए । वि.स. २०६० सालमा पशुपति क्याम्पस स्ववीयू सभापति बनेका काफ्ले लगतै अर्थात् वि.स. २०६१ सालमा  नेपाल विद्यार्थी सङ्घ केन्द्रीय सदस्य बने । त्यसैगरी २०६४ सालमा नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कोषाध्यक्ष बनेका काफ्ले वि.स.२०७३ सालमा  नेपाल विद्यार्थी सङ्घ केन्द्रीय महामन्त्री बनेका थिए। 

नेपाली कांग्रेस १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि हुँदै कांग्रेसको १३ औं महाधिवेशनमा जिल्ला पार्टी सभापतिको प्रत्याशी बने । भने 

 काग्रेस १४ औं महाधिवेशनमा पार्टी केन्द्रीय सदस्य हुँदै २०७९ को आम निर्वाचनमा दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सदस्यमा विजयी बनेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ