arrow

समानुपातिकतर्फको मतगणना आज सकिँदै : एमाले कांग्रेसभन्दा सवा लाखले अगाडि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा आज सकिँदै छ। हालसम्म एक करोड चार लाख ७८ हजार ७३५ मतगणना सकिएको छ । 

मंगलबार बिहान ८ बजे सम्मको मत परिणाम अनुसार २८ लाख १४ हजार ६५५ मतका साथ एमाले शीर्ष स्थानमा छ । त्यस्तै २६ लाख ८८ हजार २१८ मतका साथ नेपाली कांग्रेस दोस्रो स्थानमा छ । एमाले र कांग्रेस बीच १ लाख २६ हजार ४३७ मतको अन्तर छ । 

सत्ता गठबन्धनको अर्को दल नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादी केन्द्रले ११ लाख ६४ हजार १०२ मत प्राप्त गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८१६, जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४, जनमत पार्टीले ३ लाख ९४ हजार ५३८ मत प्राप्त गरेको छ । 

नेकपा (एकीकृत समाजवादी)ले २ लाख ९६ हजार ९०, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६७४, लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २९०, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ७९ मत प्राप्त गरेको छ । 

कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानुनी प्रबन्ध छ । 

कुल एक करोड नौ लाख ७३ हजार २७ मत खसेको जनाइएको थियो । प्रत्यक्ष तर्फको १६५ क्षेत्रकै नतिजा सार्वजनिक भइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ