arrow

समानुपातिकतर्फ केही हजार मत गन्न बाँकी : नेकपा एसले थ्रेसहोल्ड नकटाउने पक्का 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २० मंगलबार
samanupatik-pratinidhisabha-final-2079.jpg

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना अन्तिम चरणमा पुगेको छ । समानुपातिक तर्फ केही हजार मत गन्न बाँकी रहँदा नेकपा (एकीकृत समाजवादी) पार्टीले थ्रेसहोल्ड नकटाउने पक्का भएको छ । 

पछिल्लो मत गणना अनुसार (एकीकृत समाजवादी) पार्टीले २ लाख ९७ हजार ८४३ मत पाएको छ । अब करिब ४० हजार मत गणना गर्न बाकी रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुषालले बताए । उनले भने,'एकीकृत समाजवादीले थ्रेसहोल्ड कटाउन ३ लाख १५ हजारको हाराहारी मत कटाउनुपर्ने हुन्छ । जुन असम्भव प्राय छ ।' अब दोलखा र बाजुराको गणना हुन बाकी रहेको भुषालले बताए । 

अहिलेसम्म १ करोड ५ लाख २३ हजार ७१५ मत गणना भएको छ । गणना अनुसार नेकपा एमाले २८ लाख ३१ हजार २७६ मतका साथ पहिलो स्थानमा छ । त्यस्तै नेपाली कांग्रेसले २७ लाख ४ हजार ४२७, नेकपा(माओवादी केन्द्र) ले ११ लाख ७० हजार २६२, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८७ हजार ८५५ मत प्राप्त गरेका छन् । 

साथै, जनता समाजवादी पार्टी नेपालले ४ लाख २१ हजार ५५, जनमत पार्टीले ३ लाख ९४ हजार ५९९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ७०६ र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १ लाख ६७ हजार ३४० मत प्राप्त गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ