arrow

रुसी क्षेत्रमा घुसेर युक्रेनले गर्‍यो ड्रोन हमला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
attack-.jpg

काठमाडौं ।  युक्रेनले रुसी क्षेत्रमा प्रवेश गरेर ड्रोन हमला गरेको छ । युक्रेनले लगातार दोस्रो दिन रुस प्रवेश गरेको र उसको अर्को वायुसेना बेसलाई निशाना बनाएको छ।

मंगलबार ड्रोन हमलामा वायुसेना आधारबाट आगो निस्केको तस्बिरहरू देखा परेका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार युक्रेनले रुसको सयौँ किलोमिटर भित्र रहेका दुई वटा वायुसेना अड्डालाई निशाना बनाएको थियो। जसमा तीन जनाको मृत्यु भएको छ । 

युक्रेनको नजिकै रहेको रुसी सहर कुर्स्कका अधिकारीहरूले मंगलबार बिहान हमलापछि वायुसेनाको बेसबाट कालो धुवाँ निस्किएको तस्बिर साझा गरेका छन्। 

यहाँका गभर्नरले तेल भण्डारण विस्फोट भएको तर कुनै मानवीय क्षति नभएको बताएका छन् ।

यसअघि रुसले एन्जलस र राईजन विमानस्थलमा ड्रोन आक्रमण गरेको पुष्टि गरेको थियो । 

यद्यपि युक्रेनले यी आक्रमणहरूको प्रत्यक्ष रूपमा जिम्मेवारी लिएको छैन। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ