arrow

निर्वाचनको समीक्षा गर्न एमालेले डाक्यो बैठक

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
uml-cpn.jpg

काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको समीक्षाका गर्न नेकपा एमालेले केन्द्रीय कार्यालयको बैठक डाकेको छ । 

बैठक आज अपराह्न १ बजेबाट ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्दै छ । 

एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले निर्वाचन समीक्षाका साथै पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकबारे समेत छलफल गर्नेछ । 

उनले निर्वाचनको समीक्षाका लागि चाँडै नै पार्टीका विभिन्न तहका बैठक बोलाइने बताए । 

एमाले प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनमा ४४ सिटमा विजयी भएको छ भने समानुपातिकतर्फ पहिलो दल बनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ