arrow

गठबन्धनको नेतृत्वमा सरकार निर्माण हुन्छ, ढुक्क हुनुस् : डा शेखर कोइराला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
Sequence-03.00_00_31_03.Still006.jpg

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार निर्माण हुनेमा ढुक्क हुन आग्रह गरेका छन् । नेपाली कांग्रेस महानगर समितिद्वारा मंगलबार विराटनगरमा आयोजित कांग्रेसका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो विराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य , विकास र समृद्धि पूरा गर्नुपर्ने जस्ता चुनौती रहेको धारणा राखे। 

उनले भने ‘इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही वाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्ने छ’ । कोइरालाले कुनै विवाद विना एक ढिक्काभै पार्टीलाई पुरानो अवस्थामा फर्काउने काम गरेर देखाउने प्रतिवद्धता समेत व्यक्त्त गरे ।

उनले निर्वाचनमा कांग्रेसको प्राप्त सिट सङख्या वृद्धि भएपनि सात प्रतिशत मत घटेकोमा गम्भिर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानवीन समिति गठन गर्नुपर्नेमा जोड दिए ।

कांग्रेसका महामन्त्री गगन थापाले भने कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक संचालन गरेर लाखौ गुमाएको जनताको मत र नयाँ मतदातालाई समेत आकर्षित गर्नुपर्ने बताए । उनले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जना सम्वन्धी काम गरेर जनताको मतजित्नु पर्नेमा जोड दिए ।

उनले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिवद्धता जनाउनु पर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण वढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राखे । थापाले पार्टीले पाएको एतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत ,देशप्रतिप्रति जिम्मेबार भै समर्पित भै ‘वाटो सुधाएिको राजनीति’ निर्माण गर्नुपर्ने बताए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जनतालाई जे गर्न सक्ने हो त्यो बोल्न आग्रह गरे । 

कांग्रेसका नेता एवं नव निर्वाचित प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच बर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए ।

नव निर्वाचित मोरङका प्रतिनिधि सभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेश सभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दिपक चापागाई र लेखक गुरुराज घिमिरेले लगायतले जनताको विकास र समृद्धिको चाहना पुरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ