arrow

रुसमा आक्रमण गर्न युक्रेनलाई नसिकाएको र हतियार पनि नदिएको अमेरिकी स्पष्टोक्ति

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
ukraine-war-ukraine-attacks-russia-maxar.jpg

काठमाडौं । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रुसभित्रको निशानामा आक्रमण गर्न नत प्रोत्साहन दिएको नत सक्षम नै पारेको बताएको छ ।

मास्कोले युक्रेनबाट सयौं माइल टाढा रहेका दुई वटा र थप एक गरी तीनवटा एयरफिल्डमा ड्रोन आक्रमण गरेपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

युक्रेनले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई लामो दूरीको हतियार आपूर्ति गरेर 'रातो रेखा' पार नगर्न अमेरिका र उसका सहयोगीहरूलाई बारम्बार चेतावनी दिएका छन्।

अमेरिकी नेतृत्वको नेटो सैन्य गठबन्धनले कीभलाई त्यस्ता हतियारहरू उपलब्ध गराएको विषय अस्वीकार गरेको छ । नेटोले युद्धमा भूमिका खेले आणविक शक्ति सम्पन्न रुसले ठूलो तनाव निम्त्याउन सक्ने चिन्ता समेत पश्चिमाहरुलाई रहेको छ।

रियाजान र साराटोभ क्षेत्रमा सोमबार दुईवटा रुसी एयरफिल्डमा विस्फोट भएको बताइएको छ। यी एयरफिल्डमा युक्रेनको महत्वपूर्ण उर्जा पूर्वाधारमा नियमित मिसाइल आक्रमण गर्ने रणनीतिक बमवर्षकहरू राखिएका थिए।

युक्रेनसँग सीमा जोडिएको कुर्स्क क्षेत्रमा मंगलबार अर्को आक्रमण भएको रुसले जनाएको छ।

सोमबार युक्रेनमा रुसको पछिल्लो मिसाइल आक्रमण भएको थियो, जब देश भरका लक्ष्यहरूमा ७० रकेटहरू प्रहार गरिएको थियो। यस घटनामा चार जनाको मृत्यु भएको स्थानीय अधिकारीहरुले जनाएका छन्।

मंगलबारको एक ब्रिफिङमा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले रुसलाई 'मानिसहरूलाई गर्मी, पानी र बिजुलीको सुविधा दिने नागरिक पूर्वाधार ध्वस्त गर्न खोजेको' आरोप लगाएका छन् । 'हामीले न त युक्रेनीहरूलाई रुस भित्र प्रहार गर्न प्रोत्साहित गरेका छौं न सक्षम बनाएका छौं,' उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ