arrow

कानूनमा स्पष्ट नभएसँगै महाभियोग निष्क्रिय भएको पत्र पाएपछि चोलेन्द्र सर्वोच्च फर्कने तयारीमा 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
cholendra-rana-chief-justice.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफूविरुद्ध संसद्‍मा पेस भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै काममा फर्कने तयारीमा रहेका छन् । उनको कार्यकाल सकिन एक हप्ता बाँकी भए पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको हैसियतमा फर्कने तयारी गरेका हुन् ।

संघीय संसद्‍का महासचिव डा. भरतराज गौतमले महाभियोग निष्क्रिय भइको भन्दै पत्र दिएपछि जबरा सर्वोच्च जान लागेका हुन् । पुरानो संसद्को कार्यकाल सकिएर संसद्‍मा नयाँ सदस्य निर्वाचित भएसँगै जबरालाई महासचिव गौतमले पत्र पठाएका हुन् ।

जबरा गत फागुनमा निलम्बित भएका हुन् । जबराविरुद्ध विभिन्न २१ आरोप लगाएर सत्ताधारी दलका सांसदहरूले गत फागुन १ गते प्रतिनिधि सभामा महाभियोग दर्ता गराएका थिए । 

महाभियोग छिनोफानो नभई प्रतिनिधि सभाको कार्यकाल सकिएपछि निलम्बित प्रधानन्यायाधीश नियमित कामकाजमा फर्कन पाउँछन् वा पाउँदैनन् भन्नेबारे कानूनमा स्पष्ट व्यवस्था छैन ।

यही अस्पष्टताको फाइदा उठाउँदै जबरा सर्वोच्च जाने तयारीमा रहेको बुझिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ