arrow

चोलेन्द्र सर्वोच्चमा छिर्नै लाग्दा महाभियोग प्रस्ताव संसद्मा जीवितै रहेको सरकारका प्रवक्ताको दाबी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
supreme-court-gate.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालतमा फर्कने तयारी गरिरहँदा सरकारका प्रवक्ता एवं संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीविरुद्वको महाभियोग प्रस्ताव जीवितै रहेको दाबी गरेका छन् । 

संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले प्राकृतिक न्यायको सिद्धान्तअनुसार जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको दाबीसहित पत्र पठाएलगत्तै एकाएक तरंगित भएको नेपाली राजनीतिलाई मत्थर पार्दै मन्त्री कार्कीले महाभियोग प्रस्तावमा आगामी प्रतिनिधि सभामा छलफल हुने बताएका हुन् । 

उनले महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति भएको दाबीसमेत गरेका छन् । तर महासचिव गौतमले कार्य सम्पादन गर्न नपाउने भन्ने गत फागुन १ गतेको व्यहोराको पत्रसमेत निष्प्रभावी भएको व्यहोरा जबरालाई पठाएपछि जबरा सर्वोच्चमा फर्कने तयारीमा लागेका छन् । 

उनी सर्वोच्च आउने भनेसँगै उनको निवास अगाडि रहेका सुरक्षाकर्मीसमेत हटेका छन् । 

तर सर्वोच्चमा भने नेपाल बार एसोसिएसनका अधिवक्ताहरुले धर्नालाई कायम राखेका छन् । महासचिव गोतमले गैरजिम्मेवारीपूर्ण कदम चालेको बारको ठहर छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ