arrow

तात्यो सर्वोच्च अदालत परिसर [फोटोफिचर] 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
supreme-court-security (8).jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले जबरासहितलाई पत्र दिएपछि अहिले सर्वोच्च अदालतको गेटमा कानून व्यवसायी धर्नामा बसेका छन् । 

नेपाल बार एसोसिएसनकै नेतृत्वमा कानुन व्यवसायी सर्वोच्च अदालतमा धर्नामा बसेका हुन् । कानुन व्यवसायीको प्रदर्शनपछि गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको संघीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ । 

उक्त पत्र पाएपछि बुधबार नै जबरा हाजिर हुन सर्वोच्च अदाललत जाने तयारीमा छन् । उनलाई रोक्न सर्वोच्च गेटमै रोक्न केही कानून व्यवसायी धर्नामा बसेका हुन् । 

एकाएक बुधबार दिउँसोबाट सर्वोच्च अदालत परिसरमा भिडभाड बढेको छ । १० महिनापछि जबरा सर्वोच्च आउन लागेका र उनलाई रोक्न कानून व्यवसायी धर्नामा बसेका छन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । 

supreme-court-security (1).jpg
सर्वाेच्चमा सुरक्षा
supreme-court-security (2).jpg
supreme-court-security (3).jpg
supreme-court-security (4).jpg
supreme-court-security (5).jpg
supreme-court-security (6).jpg
supreme-court-security (7).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ