arrow

६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद्हरु [विवरणसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २१ बुधबार
parliament-nepal-samsad.PNG
तस्बिर – फाइल ।

काठमाडौं । आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ । निर्वाचनको तथ्यांकअनुसार प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ६१ वर्षदेखि ७० वर्ष उमेर समूहका ४४ जना उम्मेदवार निर्वाचित भएका छन् भने ७१ वर्षदेखि ८५ वर्ष सम्मका १३ जना सांसद निर्वाचित भएका छन् । यस आमनिर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको छ ।  

५७ सिट जितेको कांग्रेसमा २० जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद छन् । यस्तै ४४ सिट जितेको नेकपा एमालेमा १२ जना ६१ देखि ७० वर्ष उमेर समूहका सांसद रहेका छन् ।  १८ सिटसहित तेस्रो दल बनेको नेकपा माओवादी केन्द्रमा एक जना मात्र उक्त उमेर सामूहका सांसद छन् भने, नेकपा एकीकृत समाजवादीमा ४ जना, जसपामा १, राप्रपामा ३ सांसद सो उमेर समूहका छन् । यस्तै जसपामा एक, लोसपामा एक, नेमकिपामा एक र एक जना स्वतन्त्र सांसद उक्त उमेर समूहका छन् । 

यी हुन् ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद

नेपाली कांग्रेस

१, ज्ञानेन्द्रबहादुर कार्की  ६५ वर्ष
२, दिनेशकुमार उादव  ६१ वर्ष
३, महेन्द्रकुमार राय ६३ वर्ष
४, रमेश रिजाल  ६५ वर्ष
५, रामनाथ अधिकारी ६१ वर्ष
६, प्रकाशमान सिंह ६६ वर्ष
७, सन्तोष चालिसे ६४ वर्ष
८, राजेन्द्रकुमार केसी ६४ वर्ष
९, मोहनबहादुर बस्नेत ६७ वर्ष
१० डा.शशांक कोइराला ६४ वर्ष
११, चन्द्रकान्त भण्डारी ६१ वर्ष
१२, सुरेन्द्रराज आचार्य ६४ वर्ष
१३, विनोदकुमार चौधरी ६७ वर्ष
१४, दिक्पाल कुमार शाही ६१ वर्ष
१५, पूर्णबहादुर खड्का  ६६ वर्ष
१६, हृदयराम थानी  ६२ वर्ष
१७, पुष्पबहादुर शाह ६१ वर्ष
१८, डिल्लीराज पन्त ६६ वर्ष 
१९, दिलेन्द्रप्रसाद बडू ६८ वर्ष
२०, टेकबहादुर गुरुङ ६७ वर्ष

नेकपा एमाले

१, महेश बस्नेत ६२ वर्ष
२, सुवासचन्द्र नेम्वाङ ६९ वर्ष
३, देवँज घिमिरे ६६ वर्ष
४, केपी शर्मा ओली ७० वर्ष
५, भीमप्रसाद आचार्य ६३ वर्ष
६, रामशंकर यादव ६१ वर्ष
७, लिलानाथ अधिकारी ६५ वर्ष
८, रघुवीर महासेठ ६१ वर्ष
९, कृष्णगोपाल श्रेष्ठ ६४ वर्ष
१०, पृथ्वी सुब्बा गुरुङ ६४ वर्ष
११, विष्णुप्रसाद पौडेल ६२ वर्ष
१२, बलराम अधिकारी ६२ वर्ष

नेकपा माओवादी केन्द्र 

१ पुष्पकमल दाहाल प्रचण्ड ६६ वर्ष

नेकपा एकीकृत समाजवादी

१, माधवकुमार नेपाल ६९ वर्ष
२, राजेन्द्र प्रसाद पाण्डे ६६ वर्ष
३, अम्मरबहादुर थापा ६५ वर्ष
४, भानुभक्त जोशी ६३ वर्ष

जनता समाजवादी पार्टी, नेपाल

१, अशोककुमार राई ६५ वर्ष

राष्ट्रिय प्रजातन्त्र पार्टी

१, दीपक बहादुर सिंह ६१  वर्ष
२, विक्रम पाण्डे ६९ वर्ष
३, धवलशमशेर जबरा ६१ वर्ष

लोकतान्त्रिक समाजवादी पार्टी 

१, शरतसिंह भण्डारी ६८ वर्ष

नेपाल मजदूर किसान पार्टी

१, प्रेम सुवाल ६२ वर्ष

स्वतन्त्र

१, लालवीर चौधरी ६७ वर्ष



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ