arrow

रुस युक्रेन युद्ध लम्बिने पुटिनको संकेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
putin-kazakhstan-2022.jpeg

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो सैन्य कारबाही लामो समयसम्म जारी रहने स्पष्ट पारेका छन् ।

 रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधवार युक्रेनमा "विशेष सैन्य अभियान" सोचे भन्दा लामो समयसम्म तानिएको बताएका छन् । 

पुटिनले युद्धको बारेमा भने- 'यो निश्चित रूपमा लामो प्रक्रिया हुन सक्छ।' तर, पुटिनले रुसले आफ्नो स्वार्थका लागि कुनै पनि कडा निर्णय गर्नबाट पछि नहट्ने बताए । 

रुस र युक्रेनबीच ९ महिनाभन्दा बढी समय देखि युद्ध चलिरहेको छ । 

समाचार एजेन्सी एपीका अनुसार युक्रेनमा हाल १५ लाख पूर्णकालिक सैनिक तैनाथ छन् । जसमध्ये ७७ हजार आक्रमण टोलीका सैनिक छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ