arrow

मध्य एसिया-भारत बैठकमा अफगानिस्तानको मुद्दा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
ajit-doval.jpg

काठमाडौं । भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भारत-मध्य एसिया बैठकमा आतङ्कवादको मुद्दा उठाएका छन्। उनले अफगानिस्तान लगायत सम्पूर्ण क्षेत्रमा आतङ्ककारीहरू विरुद्ध कडा कदम चाल्ने विचार व्यक्त गरेका छन्। 

उनले भने,' यस क्षेत्रमा आतङ्कवादको उपस्थिति प्रमुख चिन्ताको विषय हो। आर्थिक स्रोतले आतङ्कवादलाई पोषण दिन्छ। त्यस अवस्थामा, आतङ्कवादलाई आर्थिक रूपमा समर्थन गर्नेहरूसँग लड्नु पनि हाम्रो प्राथमिकताहरूमा छ।'

उक्त बैठकमा भारतसहित काजकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, तुर्कमेनिस्तानका प्रतिनिधिहरू सहभागी थिए। डोभालले भने,' मध्य एसिया विस्तारित छिमेकी हो । जससँग हाम्रो सभ्यताको सम्बन्ध थियो । हामीले यो क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । शान्तिपूर्ण, सुरक्षित, समृद्ध मध्य एसिया हामी सबैको साझा हितमा छ।'

बैठकपछि जारी संयुक्त विज्ञप्तिमा ६ देशले लडाकु सङ्गठनको विस्तार, भर्ती र कोष सङ्कलनका प्रयासहरू सम्पूर्ण क्षेत्रका लागि चिन्ताको विषय भएकोमा सहमति जनाएका छन् । यस्तै विद्रोहीलाई रोक्न संयुक्त पहलमा जोड दिइएको छ । विज्ञप्तिमा भनिएको छ, नयाँ प्रविधिको प्रयोग, हतियार तथा लागुऔषध ओसारपसार, सीमापार उग्रवाद, साइबर स्पेसको दुरुपयोग भ्रामक सूचना फैलाउन, मानवरहित हवाई प्रणालीको प्रयोग उग्रवादविरुद्ध लड्नका लागि नयाँ चुनौतीहरू हुन् ।'

यसैबीच चीनले बिस्तारै मध्य एसियामा आफ्नो प्रभाव विस्तार गर्न खोजिरहेको छ । त्यो प्रभावलाई रोक्न भारतले पनि त्यस क्षेत्रमा ध्यान केन्द्रित गरिरहेको छ । यसबाहेक अफगानिस्तानमा तालिबान शासन सुरु भएदेखि अफगानिस्तानको मुद्दा पनि प्रमुख चिन्ताको विषय बनेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ