arrow

रास्वपाका कार्यकर्ताले धर्ना दिएर नेतृत्वलाई गराए खबरदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
rastriya-swatantra-party-ravi-lamichhane.jpg
तस्बिर – फाइल ।

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समानुपातिक सांसद चयनका लागि कार्यकर्ताले खबरदारी गरेका छन् ।

समानुपातिक चयनमा चलखेल भएको भन्दै बिहीबार कार्यकर्ताले केन्द्रीय कार्यालयमा धर्ना दिएर खबरदारी गरेका हुन् ।  प्रत्यक्षतर्फ सात सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट पाएको छ । 

१३ सिटमा सांसदको नाम पठाउने क्रममा चलखेलको आशंकासहित कार्यकर्ताले पार्टी कार्यालयमा खबरदारी गरेर नेतृत्वलाई सचेत गराएका हुन् । 

बुधबार निर्वाचन आयोगले निर्वाचन आयोगले राष्ट्रिय दलको मान्यता पाएका राजनीतिक दलहरुलाई तीन दिनभित्र समानुपातिक उम्मेदवारको नाम पठाउन भनेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ