arrow

तीन लाख बढीमा डेंगी, १२२ जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २२ बिहिबार
dengue--ji-ha.jpeg

हनोइ । भियतनाममा यस वर्ष अहिलेसम्म ३२५,६०४ जना डेंगी ज्वरोका बिरामी फेला परेका छन् । ती मध्ये १२२ जनाको मृत्यु भएको भियतनामको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गत वर्षको सोही अवधिको तुलनामा डेंगी सङ्क्रमितको सङ्ख्या झण्डै पाँच गुणाले बढेको र मृत्यु हुनेको सङ्ख्या ९७ पुगेको बताइएको छ ।

त्यसैगरी जनवरी र नोभेम्बरको बीचमा २६९ जनामा इन्सेफलाइटिस सङ्क्रमण देकिएको र त्यसबाट पाँच जनाको मृत्यु भएको छ । एजेन्सी



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ