arrow

महिनावारीका विषय शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्छ : सांसद भट्टराई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
Bidhya.jpg

पोखरा । प्रतिनिधिसभा सांसद विद्या भट्टराईले महिला प्रजननसंग जोडिएको महिनावारीको विषयमा समाजलाई सचेत र सकारात्मक बनाउन शैक्षिक पाठ्यक्रममै समावेश गर्नुपर्नेमा जोड दिएकी छन् । 

सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशले आयोजना गरेको लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत ‘महिनावारी शिक्षा’ विषयक अन्तरक्रियामा उनले महिलाको प्रजनन अंगसंग जोडिने विषय विद्यालयमा शिक्षण सिकाईमै समावेश गर्न आवश्यक रहेको बताइन् । 

सांसद भट्टराईले बदलिँदो समयसंगै समाज केही हदसम्म यस विषयमा सकारात्मक हुँदै गएपनि पूर्णरुपमा व्यवहारमा लागू गर्नका लागि राज्यका नीति नियमहरु बन्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रमका सहजकर्ता ग्लोवल एक्सन नेपालका विके श्रेष्ठले महिलाहरुको शैक्षिक प्रगति, महिलाको स्वास्थ्य प्रजननप्रति समाजको दृष्टिकोणलाई राज्यले नै अवलम्वन गर्नका लागि  नीतिनियममा ध्यान दिनु आवश्यक रहेको बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनीले अहिले महिनावारीका समयमा परिवार र समाजले रुढीवादी परम्पराका वाहनामा भएका दुर्व्यवहारलाई लिएर महिलाले उजुरी दिएमा कानुनी दायरामा ल्याउने नीति रहेको बताइन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले समाजमा रुढीवादी परम्पराको बाहनामा महिलामाथि भएका दुर्व्यवहारका मुद्धाहरु सञ्चारमाध्यमकै कारणले धेरै परिवर्तन भएको बताइन् । 

समूहकी अध्यक्ष कविता श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता एवं विध्यवासिनी माविका पूर्व प्रधानाध्यापक खेमलाल अधिकारी र समूहकी सदस्य जुना थापा लगायतले बोलेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ