arrow

चोलेन्द्र सर्वोच्च आउन सक्ने भन्दै आज पनि धर्ना

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
cholendra-shamsher-jabara-2079-05-16.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोगको प्रस्ताव निष्प्रभावी भएको सङ्घीय संसद सचिवालयले पत्र दिएपछि नेपाल बार एसोसिएसनले आज पनि धर्न दिने भएको छ । 

जबरा हाजिर हुन सर्वोच्च अदालतमा आउन सक्ने भएपछि अदालतको गेटमा आज पनि धर्नामा बस्ने बारले तयारी गरेको छ । 

संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र थमाइदिएका थिए । बिहीबार सार्वजनिक बिदा भएपछि आज सर्वोच्च खुल्दै छ । जबरा आउन सक्ने भन्दै कानून व्यवसायी धर्नामा बस्ने तयारीमा छन् । 

गत १ फागुनमा दर्ता भएको जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको सङ्घीय संसद सचिवालयले बुधबार जबरासहित राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषद्लाई पत्र पठाएको छ । 

यता पत्र पाएका जबरा १० महिनापछि सर्वोच्च आउने तयारी गर्दै छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ