arrow

चोलेन्द्रको फैसला हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २३ शुक्रबार
cholendra-rana-chief-justic.jpg

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने सङ्घीय संसद् सचिवालयको पत्र विरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज सुनवाइ हुदैछ । 

रिटमा सुनुवाइ गर्न अदालतले संवैधानिक इजलास गठन गरेको छ । कायममुकायम प्रधान न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठित इजलासमा न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, न्यायाधीशहरु ईश्वर प्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा रहेका छन् ।

बुधवार सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव ऋषिराम घिमिरे, कोषाध्यक्ष विनोदकुमार कार्की, सदस्य विकास भट्टराई, अनन्तराज लुइँटेल, दीपनारायण साह, अमिता गौतम र रामहरि त्रिपाठीले रिट दायर गरेका थिए ।

रिट निवेदनमा उनीहरूले निर्णय बदर गर्न माग गरेका छन् । संसद् सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरालाई महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र थमाइदिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ