arrow

अन्तर्राष्ट्रिय मानव अधिकार दिवसः ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर २४ शनिबार
Human-Rights-Violations.jpg
तस्बिर – फाइल ।

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० मा अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ ।  यो वर्षको नारा ‘सबैका लागि मर्यादा, स्वतन्त्रता र न्याय’ रहेको छ । 

नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दछ । विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगिकार गरेको छ ।

सन् १९४८ डिसेम्बर महिनाको १० तारिखका दिन विश्वव्यापी मानव अधिकारको घोषणा भएको संस्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाइने गरिन्छ । मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाई आधार मानेर दिवस मनाउने गरिन्छ ।

डिसेम्बर १० खास रहेको छ । यी कारणले गर्दा पनि खास छ डिसेम्बर १० तारिख

अर्जेन्टिनामा महिला राष्ट्रपति
सन् २००७ को १० डिसेम्बरमा अर्जेन्टिनाले पहिलो महिला राष्ट्रपति पाएको थियो । आजकै दिन क्रिष्टिना फर्नेन्डाइज क्रिच्नर अर्जेन्टिनाको पहिलो महिला राष्ट्रपति बनेकी थिइन् ।

पहिलो पटक नोबेल पुरस्कार वितरण
सन् १९०१ को १० डिसेम्बरमा पहिलो पटक नोबेल पुरस्कार वितरण गरिएको थियो । स्वीडेनका रसायनशास्त्री डा अल्फ्रेड नोबेलको मृत्युको पाँच वर्षपछि पहिलो नोबेल पुरस्कार घोषणा गरिएको थियो ।

मिसीसिपी अमेरिकाको २०औं राज्य
सन् १८८७ मा मिसीसिपी अमेरिकाको २०औं राज्य बनेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ